काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले राजीनामा दिएपछि कार्यवाहक सिइओको जिम्मा कपिलकुमार दाहालले पाएका छन् ।
कर्णले आफ्नो व्यक्तिगत कारण उल्लेख गर्दै असोज २७ गते राजीनामा दिएका थिए ।
सोही दिन बसेको सञ्चालक समितिको बैठकले कर्णको राजीनामा स्वीकृत गदै अर्को व्यवस्था नभएसम्मका लागि दाहाललाई कामु सिइओको जिम्मेबारी दिइएको कम्पनीले जनाएको छ ।
दाहाल हिमालयन लाइफमै नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्