राष्ट्र बैंकद्वारा चाँदीको सिक्का बिक्री सुरु


काठमाडौं . नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (स्मारक सिक्का) बिक्री सुरु गरेको छ।

केन्द्रीय बैंकका अनुसार चार प्रकारका सिक्का बिक्रीका लागि उपलब्ध छन्। सबै सिक्काको तौल १० ग्राम रहेको छ भने मूल्य प्रति सिक्का ३ हजार रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले जनताको बढी चासो र समान पहुँच सुनिश्चित गर्न एक जनालाई एकवटा मात्र सिक्का बिक्री गर्ने व्यवस्था गरेको छ।

सिक्का किन्नका लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै अन्य मान्य परिचयपत्र आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ।

सिक्का सीमित परिमाणमा उपलब्ध रहेको र बिक्री प्रक्रिया बैंकको केन्द्रीय कार्यालयबाट सुरु गरिएको पनि राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्।