भोटेकोशीकाे सेयर निःशुल्क दिने गरी सहमति भएको होइनः इप्पान


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडबिच निःशुल्क सेयर दिने गरी सहमति नभएको स्पष्टीकरण दिएकाे छ ।

२०८२ साल असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरूको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडबिच निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने समाचार प्रकाशित भएपछि इप्पानले ध्यानाकर्षण भएको हो ।

“भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले (बिकेपिसी) को १० (दश) प्रतिशत सेयरको लागि आवेदन दिन अगाडी जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानिय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाईसकेपछि बिकेपिसीले प्रति सेयर बराबर अंकित मुल्य १०० रुपैयाँ रहेको सेयर १० (दश) प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनी लाई बिक्रि गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि बिकेपिसीले जमानी मात्रको व्यबस्था मिलाउने सहमति भएको स्पष्ट पार्न चाहान्छौँ,” इप्पानले भनेको छ ।

निर्माण सम्पन्न भईसकेको आयोजना भएकोले बार्षिक रुपमा वितरण गर्ने लाभांसबाट १० (दश) प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी भएकाे सहमतिलाई निःशुल्क भन्ने भ्रममा नपर्न इप्पानले अनुरोध गरेकाे छ ।