बुधबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बु्धबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४८ हजार ५०० रूपैयाँ रहेको छापावाल सु्नको मूल्य बुधबार २ लाख ४८ हजार ९०० रूपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले घटेर ३ हजार २४० रूपैयाँमा कारोबार भइरहेको छ ।