काठमाडौँ । ७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिक र जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुले न्यूनतम ५० प्रतिशतसम्म छुट पाएने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा संचालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरूका प्रतिनिधिहरुबिच भएको छलफलमा छुटको सहमति भएको हो ।
निर्णयअनुसार ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरूमा ५०% छुट पाउनेछन् ।
७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई ७०% छुट साथै ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई ८०% छुट व्यवस्था गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ ।
जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूको सन्दर्भमा समेत उपरोक्तानुसारकै न्यूनतम ५०% छुट सुनिश्चित हुनेगरी व्यवस्था भएको छ ।
प्राधिकरणले विज्ञप्ति जारी गर्दै भनेको छ,“सहमति भए अनुरुपका विषयहरूलाई आजैका मितिबाट कार्यान्वयन गर्नुहुन समेत सम्बद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई यसै सूचना मार्फत निर्देशन दिइन्छ ।”
प्रतिक्रिया दिनुहोस्