काठमाडाैँ । सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ ।
छठ पर्वको दोस्रो दिन पर्ने खरना विधि आज व्रतालुहरूले विधिपूर्वक सम्पन्न गर्दैछन् । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् ।
स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाई गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् । यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ ।
खरना दिनमा व्रतालुहरूले दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्य देवतालाई खीर, रोटी, फलफूल र ठेकुवा लगायतका सामग्री चढाएर पूजा गर्छन् । त्यसपछि ती प्रसाद ग्रहण गरी चार दिनसम्म चल्ने छठ पर्वको मुख्य दिनका लागि तयारी शुरु गरिन्छ ।
आगामी दिन अर्थात सन्ध्या अर्घ र त्यसपछिको प्रातः अर्घका लागि घर–घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालुहरू र उनका परिवारजन व्यस्त देखिएका छन् ।
बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा, तथा प्रसादका सामग्री किन्नेहरुको भीड बढेको छ



प्रतिक्रिया दिनुहोस्