काठमाडाैँ । नेपाली काँग्रेसमा आवद्ध युवाहरुको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सोमबार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो । अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरुको अस्तित्व रक्षाका लागि पनि आफूहरुले अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन् ।
उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरुले आफूहरुको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई झोलेको रुपमा चित्रण गर्ने काम भईरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरुले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्