माधव नेपाललाई अध्यक्ष छोड्न रामकुमारीको दबाब


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष पद छाड्न दबाब सिर्जना गरेकी छिन् ।

झाँक्रीले सामाजिक सञ्जालमा जेन–जीको भावना अनुरुप नेपाललाई पार्टीको अध्यक्ष छोडेर नयाँ नेतृत्व दिन दबाब दिएकी हुन् । नेतृ झाँक्रीले ५सय ३६ जनालेको समेत समर्थन रहेको भन्दै अध्यक्ष नेपालाई पार्टीको अध्यक्ष पद सम्मानजनक तरिकाकाले हस्तान्तरण गर्न आग्रह गरिन् । 

“नेकपा (एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भुमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषत जने–जी पुस्तालाई उनिहरुको उठान गरेका विषयलाई गठित रुपमा पुरा गर्न हाम्रो पार्टीको झण्डा मुनी गोलवगन्द भएर सम्भव छ,” झाँक्रीले भनेकी छिन् ।