झिनो अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक परिसूचक नेप्से परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ अंकमा झरेको छ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ६५ लाख २९ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३२१ कम्पनीको एक करोड १५ लाख १ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार बढीको कारोबार भएको छ ।