रामकुमारी झाँक्रीले टुंग्याइन् नेकपा एससँगको यात्रा


काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० की वरिष्ठ नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा समाप्त भएको घोषणा गरेकी छन्।

बुधवार आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा ९एस० र नेकपा ९एमाले० बीचको पार्टी एकताको निर्णयसँगै एकीकृत समाजवादी अब अस्तित्वमै नरहेको स्पष्ट पारिन्।

उनले भनिन्, “प्रारम्भका दिनहरूमा भयानक अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं। त्यो अभियान एक हिसाबले समाप्त भएको छ। हाम्रो अध्याय टुंगिएको छ, पार्टी विघटन भएको छ।”

झाँक्रीले पछिल्ला घटनाक्रममा आफूहरूको राजनीतिक यात्रा ‘अवरुद्ध’ बनेको उल्लेख गर्दै अहिलेको अवस्था ‘पज’ को रूपमा रहेको बताइन्।

माधवकुमार नेपाललाई निर्वाचन आयोगसम्म डोहोर्‍याएको दृश्यलाई लिएर आफूलाई पार्टी विभाजनको मुख्य पात्रका रूपमा चित्रण गरिएको स्मरण गर्दै उनले त्यसलाई ‘बिम्ब’ को रूपमा बुझ्न आग्रह गरिन्।
उनका शब्दमा — “त्यो फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो। तर त्यो एउटा बिम्ब मात्र थियो। विभाजनमा म प्रमुख पात्र थिएँ वा थिइनँ, इतिहासले मूल्यांकन गर्ने छ।”

झाँक्रीले अब यो अध्याय टुंगिएकोमा आफू सन्तुष्ट भएको पनि बताइन्। उनका अनुसार, यो यात्रा अवरुद्ध रहेको संकेत धेरै पहिले पाइसकेकी थिइन् तर विभिन्न प्रतिबद्धता र परिस्थितिका कारण निर्णय गर्न ढिलाइ भएको हो।