काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यती समूहमाथि छानबिन सुरु गरेको छ ।
छानबिनका क्रममा ब्युरोले नेपाल ट्रष्टको कार्यालयका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ । ब्युरोले दरबारमार्गमा रहेको जग्गा लिज प्रकरणमा अनुसन्धान सुरु गरेको हो ।
यती समूहको थामशेर्कु टे«किङ् प्रा.लि.लाई तत्कालीन सरकारले सेटिङ्मा सस्तो मूल्यमा लिजमा दिएको भनेर विवाद भएको थियो ।
सोही विषयमा छानबिन गर्न ब्यूरोले नेपाल ट्रष्टको कार्यालयका तत्कालनि सहसचिव कार्कीलाई पक्राउ गरेको हो ।
करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरेर लिजमा दिने निर्णय भएको देखिएको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
ट्रष्टको तत्कालीन सञ्चालक समितिको निर्णय र आधारबिना बदनियतपूर्वक नेपाल ट्रष्टको नाममा रहेको जग्गा थामशेर्कु ट्रेकिङ्लाई दिइएको ब्युरोले उल्लेख गरेको छ ।
बुट मोडेलमा ३ वर्षसमेत ३० वर्षका लागि लग्गा लिजमा दिइएको थियो । २०७४ जेठ १४ गते भएको करार सम्झौतामा चलखेल देखिएको छ ।
ब्युरोले ‘करार संझौता गरी लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्द रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरुले गैर कानूनी तवरले लाभ लिई ठगी,आपराधिक विश्वासघात गरेको, उल्लेखित कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठुलो हानी नोक्सानी पुर्याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको भन्ने ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा उक्त करार संझौता गर्ने कार्यमा संलग्न रहेका’ कार्कीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्