काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ८४ दिनको लागि ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको साँवाब्याज राष्ट्र बैंकले २०८२ माघ १८ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्