तोलामा २०० रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ३८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर ३ हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ ।