नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त


काठमाडौँ। सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नयाँ प्रहरी महानिरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार कार्कीले आगामी कात्तिक २७ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्।

नवनियुक्त महानिरीक्षक कार्की हालसम्म प्रहरी संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए। उनी आफ्नो कार्यकालमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहने अपेक्षा गरिएको छ।