काठमाडौँ । नेपालको अग्रणी प्रविधि कम्पनी एडुटेक इन्टरनेसनल प्रा.लि. प्रतिष्ठित ‘असोसियो स्टार्ट अप अवार्ड ’ बाट सम्मानित भएको छ ।
एसियन–ओसियान कम्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको तर्फबाट प्रदान गरिने यो अवार्डले एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने गर्दछ । सम्मान कम्पनीका संस्थापक सञ्चालक जितेन्द्र पोद्दार लाई प्रदान गरिएको छ ।
एडुटेक इन्टरनेसनलले पछिल्ला वर्षहरूमा नेपाली बजारमा अत्याधुनिक स्मार्ट बोर्ड, क्लासरुम सोलुसन र कन्फ्रेनस सोलुसन उपलब्ध गराउर्दै शिक्षण तथा व्यवसायिक प्रस्तुतीलाई परिवर्तन गर्न योगदान गर्दै आएको छ ।
कम्पनीले विभिन्न विश्वप्रसिद्ध ब्रान्डसँग सहकार्य गर्दै एआईमा आधारित स्मार्ट बोर्ड र अन्य प्रविधि विकासमा समेत लागेको छ ।
सम्मानपछि पोद्दारले भने,“यो अन्तर्राष्ट्रिय सम्मान एडुटेक इन्टरनेशनलको नवप्रवर्तन, गुणस्तर र डिजिटल शिक्षाको क्षेत्रमा गरिएको योगदानको प्रमाण हो । यसले हाम्रो टोलीलाई अझै उत्साह र जिम्मेवारीका साथ देशको प्रविधि विकासमा योगदान पु¥याउने प्रेरणा दिएको छ ।”
एडुटेक इन्टरनेशनल नेपालका अग्रणी विद्यालय, कलेज र कर्पोरेट संस्थाहरूको विश्वसनीय प्रविधि साझेदारको रूपमा स्थापित भइसकेको कम्पनीले दाबी गरेको छ ।
पोद्दारले भने, “कम्पनीको उद्देश्य नेपालको डिजिटल शिक्षा र कार्य वातावरणलाई विश्वस्तरमा पुर्याउने हो ।”
एडुटेक इन्टरनेसनलले क्यान महासंघलाई नेपालका प्रविधि कम्पनीहरूको सिफारिस गरी अन्तर्राष्ट्रिय मञ्चमा अवसर उपलब्ध गराएको भन्दै धन्यवाद दिएकाे छ ।
नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का सिफारिसमा एडुटेकसहित सात संस्था समिटमा सम्मानित भएका हुन् ।
वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको क्यान महासंघले जनाएको छ । महासंघले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुनु नेपाली टेक्नोलोजी कम्पनीको गर्वको विषय भएको महासंघका निवर्तमान अध्यक्ष रणजीत कुमार पोदारले बताए ।
सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस्