सुनको मूल्य प्रतितोला २ लाख ५० नाघ्यो


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार २ लाख ५० हजार २०० रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १७० रूपैयाँले बढेर ३ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको छ ।