स्याङ्जामा भरुवा बन्दुकसहित एक जना पक्राउ


काठमाडाैँ । स्याङ्जाकाे गल्याङ नगरपालिका–९ डुविनडाँडा कल्लेरी क्षेत्रमा हातहतियार देखाई मार्ने धम्की दिएको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङबाट खटिएको टोलीले सो घटनामा संलग्न भएको आशंकामा डुविनडाँडा कल्लाबारीका ३६ वर्षीय राम प्रसाद भट्टराईलाई विहिबार साँझ ५ बजेतिर पक्राउ गरेको हो।

भट्टराईको साथबाट एक थान एक नाले भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भट्टराईविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको छ।

यसका लागि स्याङ्जा जिल्ला अदालतबाट आज १० दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ।