आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ४२ हजार ८०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १५० रूपैयाँले घटेर ३ हजार १३५ रूपैयाँ कायम भएकोृ छ ।