काठमाडाैँ । नापी कार्यालय बिरगंजमा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई रु. एक लाख घुससहित नियन्त्रणमा लिइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट छुट जग्गा दर्ता गर्नका लागि विभिन्न बहाना बनाएर घुस माग गरिएको सूचना र उजुरीको आधारमा उनीहरूलाई आज पक्राउ गरेको हो।
सर्भेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायलाई बिरगंज महानगरपालिका वडा नम्बर ३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालयबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्