बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश घोषणा सहित बोलायो साधारण सभा


काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २६ गते काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा २२औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ९ः३० बजेबाट सुरु हुनेछ। सभामा लाभांशका साथै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश गरिने कम्पनीले जनाएको छ।

वार्षिक साधारण सभाले आव २०८१र८२ को सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत छलफल गरी पारित गर्नेछ। साथै आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिमा भएको परिवर्तनको अनुमोदन तथा संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने एजेन्डा पनि रहनेछन्।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका सेयरधनी मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।