काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकको सेयरधनीहरूबाट अवैधानिकरूपमा चुक्ता भएको सेयर पुँजी घटाउने भएको छ ।
सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डिडिए) गर्दा संस्थाको चुक्ता पुँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने देखिएको हो ।
सेयरधनीहरूबाट चुक्ता हुनुपर्ने सेयरपुँजी बापतको रकम अवैधानिकरूपमा चुक्ता भएकोले देखिएकोले संस्थाको पुर्नसंरचना गर्ने २५ संस्थापन सेयरधनी र १० साधारण सेयरधनीहरूको सेयरपुँजी घटाउने भएको हो ।
नेपाल राष्ट्र बैंकले २०८१ पुष १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो भने यसको व्यवस्थापन तथा सञ्चालन राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्