काठमाडौँ । प्रभु म्यानेजमेन्टकाे खातामार्फत् मार्फत हुन्डिको कारोबार गरेको आरोपमा सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महाजुलाई ठगी तथा नेपाल राष्ट्र बैंक ऐन,२०५८ अन्तर्गत कसुर समेतमा प्रभु म्यानेजमेण्ट प्रा.लि.का पूर्वसेयरधनीसमेत रहेका हालका सहायक लेखा प्रमुख हेम कुमार महाजु पक्राउ गरेको हो ।
प्रभु म्यानेजमेन्ट प्रा.लि.को नाममा रहेको सिटिजन्स लिमिटेडको खतामा विभिन्न व्यक्तिहरूको नामबाट शङ्कास्पद रूपमा १० लाख रुपैयाँ नबढ्ने गरी ९ लाख ९९ हजार ५ सय रूपैयाँ समेतका दरले पटक पटक शङकास्पद रूपमा रकम जम्मा भएको ब्युरोको भनाई छ ।
रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेण्ट प्रा.लि.ले रेमिट रकम भुक्तानी मात्र गर्नु पर्नेमा एकै दिनमा पटकपटक शङ्कास्पद कारोबार देखिएको ब्युरोले उल्लेख गरेको छ ।
शङ्कास्पद रकमबारे अनुसन्धान गर्दा प्रभु म्यानेजमेन्ट प्रा.लि.को नाममा सञ्चालन भएको सिटिजन्स बैंक लि.को खातामार्फत रेमिट कारोबारको आवरणमा हुन्डीको हिसाब मिलान गरेको देखिएको ब्युरोको निष्कर्ष छ ।
काभ्रेपलान्चोक, पनौती नगरपालिका वडा नं. ८, पनौती घर भएका महजुलाई ललितपुर गोदावरी नगरपालिका वडा नं. ३ टौखेलबाट हिजो पक्राउ गरिएको ब्युरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्