काठमाडौँ । सरकारको २७ जना सार्वजनिक खाद्य विश्लेषक तोकेको छ।
मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३९ को उपदफा (१) बमोजिम प्रदत्त अधिकार प्रयोग गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र त्यसका अन्तर्गतका कार्यालयमा कार्यरत उप-महानिर्देशक महिपाल राम वैद्यसहित उल्लेखित वरिष्ठ खाद्य अनुसन्धान अधिकृतहरूलाई सार्वजनिक खाद्य विश्लेषकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राजपत्र (खण्ड ७५, संख्या ४४, मिति २०८२/०८/०४) मा प्रकाशित सो सूचनाअनुसार प्रमोद कोइराला, डा.हुमा कुमारी बखिम, मोहन कृष्ण महर्जन, कृष्ण प्रसाद राई, कमल प्रसाद रेग्मी, शिवसागर चौधरी, नवराज दाहाल, विमल कुमार दाहाल, डा.क्षितिज श्रेष्ठ, भीम प्रसाद पुलामी, सुमन धिताल, ज्योत्स्ना श्रेष्ठ, सञ्जय भण्डारी, अनुप हलवाई, डा.बाल कुमारी शर्मा, रमेश खड्का, हरेराम प्रधान, काशीनाथ घिमिरे, प्रशान्त पोखरेल, प्रतिमा श्रेष्ठ, रञ्जन नेपाल, पुष्पलाल राई, रबिन्द्र झा, डा.ईश्वर सुवेदी, बिमला पोखरेल र विजन श्रेष्ठलाई सार्वजनिक खाद्य विश्लेषकका रूपमा तोकिएको छ ।
यससँगै खण्ड ७४, संख्या ४४, २०८१ पुस १५ मा प्रकाशित मन्त्रालयको यसअघिको सूचना खारेज गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्