काठमाडाैँ । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाईल बैंकिङ्ग एप, ‘ज्योति स्मार्ट’मार्फत हवाई टिकट खरिद गर्दा रू. ५०० क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ। यस क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्।
यस योजनाअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा रू. ५०० को क्यासब्याक प्राप्त हुनेछ। ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा अफर बक्समा “FLY500” प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुने जनाइएकाे छ। बैंकका अनुसार पहिलो ३०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन्।
सिमित अवधिका लागि लागू हुने यो विशेष अभियान यही मंसिर ३ गतेदेखि सुरु भएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस्