नेपालको वैदेशिक व्यापार २४ प्रतिशतले बढ्यो


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो ४ महिनामा ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख ४९ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो भने चालु आर्थिक वर्षको ४ महिनामा ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख ९ हजार रूपैयाँ बराबरको व्यापार गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजार रूपैयाँ बराबरको आयात गरेको छ । नेपालको आयात १८.७१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रूपैयाँ बराबरको आयात गरेको थियो ।

नेपालको निर्यात ७७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोजसम्म ५२ अर्ब ६७ करोड ७ लाख १० हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो । चालु आर्थिक वर्षमा ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो ।

नेपालको व्यापार घाटा ११.९९ प्रतिशतले बढेको छ ।