काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ४३ करोड ७५ लाख रूपैयाँ ३६६ दिनको लागि मुद्दती निक्षेपमा राख्ने भएको हो ।
राष्ट्र बैंकले २०२५ डिसेम्बर १७ देखि २०२६ डिसेम्बर १७ सम्म मुद्दती निक्षेपमा राख्ने जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले लिन चाहेको रकम र उक्त रकम लिनको लागि ब्याजदर २०८२ मंसिर १२ गतेसम्म प्रस्ताव गर्न आह्वान् गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ७५ करोड एक लाख रूपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ५१ करोड ५६ लाख रूपैयाँ र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा १७ करोड १८ लाख रूपैयाँ लगानी गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्