काठमाडाैँ । प्रधानमन्त्री एवं त्रिभूवन विश्वविद्यालय (त्रिवि) का कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताएकी छन् ।
विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उहाँले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताएकी हुन् । बुधवार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफूपनि सहमत रहेको समेत उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पु¥याउन सक्ने अवस्था नरहेको तर्क समेत गरिन् । उनले विश्वविद्यालयलाई आफैँ फुल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनुपर्ने जरुरी रहेको समेत बताइन् ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयहरू आफैँले आयआर्जन गर्ने बाटोको खोजी गर्नुपर्ने पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस्