काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहने छैन।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिए पनि बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखिनेछ भने अन्य प्रदेशका अधिकांश स्थानमा मौसम सामान्य रूपमा सफै रहने विभागले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्