उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा मनोबल खस्कियोः मल्होत्रा


काठमाडाैँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल कमजोर भएको बताएका छन् । 

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अन्य मुलुकमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म मुलकमा आर्थिक विकास हुन नसक्ने बताएका हुन् ।

उनले इज्जत पाउने वर्गलाई इज्जत नदिनु दुःखद् कुरा भएको बताए । अध्यक्ष मल्होत्राले जेन–जी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको कुशासन रहेको बताए ।

अब कुशासनलाई हटाएर मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । उनकाअनुसार निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।