नेपाल राष्ट्र बैंकले आज थप ६० अर्ब रुपैयाँ तान्ने


काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज थप ६० अर्ब रुपैयाँ तान्ने भएको छ ।

केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको हो ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणको प्रयोग गरिरहेको छ । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

निक्षेप सङकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

२८ दिने निक्षेप सङ्कलन उपकरणको आउँदो पुस १६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।