एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन मन्त्रालयको निर्देशन


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले देशभर सञ्चालनमा रहेका सबै एम्बुलेन्स र शववाहनहरूको विवरण उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएकाे छ।

मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ र सम्बन्धित निर्देशिकाहरू (एम्बुलेन्स सेवा निर्देशिका, २०८२ तथा शववाहन सेवा संचालन तथा व्यवस्थापन निर्देशिका, २०७७) अनुसार आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी र सेवाग्राहीमैत्री सेवाहरू सुनिश्चित गर्न एकीकृत प्रणाली सुदृढ पार्न आवश्यक रहेको जनाएको छ।

त्यसअनुसार, सबै सेवा प्रदायक संस्थाले आफ्नो एम्बुलेन्स र शववाहनको विवरण मिति २०८२ मंसिर २१ भित्र मन्त्रालयको इमेल ठेगाना [email protected] मा उपलब्ध गराउन अनिवार्य रहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ।