काठमाडाैँ । काठमाडौँ उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग वाचा गरिएका कुराहरू पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताएकी छन् ।
१४ औँ काठमाडौँ महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उपमेयर डंगोलले सामूहिक रूपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरू गरेर मात्रै भन्न आफूलाई उचित लाग्ने समेत बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंशा गरे ।
उनले महिला स्वास्थ्य स्वयंसेविकाहरूको स्वास्थ्य बिमामा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन समेत दिए । त्यस अवसरमा उपमेयर डंगोलले प्रतिवद्धताअनुसार काम गर्दै लैजाने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्