काठमाडौँ । यस वर्षको ५० हजार रुपैयाँ राशीको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८२’बाट टक्सार म्यागजिनकी सहसम्पादक अम्बिका शर्माले पाएकी छिन् ।
क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले १६ औँ वार्षिक साधारण सभाको अवसरमा म्युचुअल फन्डसँग सम्बन्धित समाचारमा सहसम्पादक शर्मालाई पुरस्कृत गरिएको हो ।
शर्मालाई अर्थमन्त्री रामेश्वर खनालले पुरस्कार हस्तान्तरण गरेका थिए । शर्मासँगै अरु २ जना पत्रकार पनि पुरस्कृत भएका छन् ।
एक लाख राशीको ‘शारदा–ढुन्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट रविन पौडेलले पाएका छन् ।
पौडेल क्लिकमाण्डू डटकममा कार्यरत छन् भने ५० हजार रुपैयाँ राशीको ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’ कमला भण्डारीले पाएकी छिन् । उनी क्यापटिल नेपालमा कार्यरत छिन् ।
साथै नाफिज फेलोसिप नयाँ पत्रिका दैनिकका यमले पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्