काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआइले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छिन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, “समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआइले पत्रकारिता कहाँ पुर्याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।” समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको समेत उनले बताइन् ।
एआइले पत्रकारिता कहाँ पुर्याउने भन्ने अनिश्चितता बढाएको भन्दै उनले मिडिया र पत्रकार को हो भन्ने मोडमा रहेको उनले बताइन् । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनले सुनाइन् ।
पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले उनले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन् । पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको छ र सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।



प्रतिक्रिया दिनुहोस्