पुस २२ देखि पहिलो चरणमा आइपिओ जारी गर्दै सुपर खुदी हाइड्रो


काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण सेयर जारी गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता रु १ सय रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरबाट जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि बाँडफाँड गरिनेछ।

आयोजना प्रभावित सेयरमध्ये ४० प्रतिशत ९६ लाख २० हजार कित्ता० लम्जुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं। २ र ३ का स्थानीय बासिन्दाका लागि र बाँकी ६० प्रतिशत ९९ लाख ३० हजार कित्ता० वडा नं। १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

यस्तै, जारी पूँजीको १० प्रतिशत बराबरका १५ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक निष्कासन गरिनेछ।

आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ छिटोमा माघ ६ र ढिलोमा माघ २१ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस २५ र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका ग्लोबल आइएमई क्यापिटलले निर्वाह गर्नेछ। पहिलो चरणको सेयर बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।