काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावरमा लगानी गर्ने भएको छ ।
लालुपाते हाइड्रोपावरमा १०० रुपैयाँ अङकित भएको १ लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको हो ।
लालुपाते हाइड्रोले मनाङको नासो गाउँपालिका वडा नम्बर २ मा ४९.९५ मेवावाटको दाना खोला जलविद्युत् आयोजना बनाईरहेको छ ।
२०८१ पुष १९ गते वित्तीय व्यस्थापनका लागि सम्झौता गरेको आयोजनाले २०८४ कात्तिकसम्ममा व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
दुबै आयोजनाको अगुवाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इप्पान)का वरिष्ठ उपाध्यक्ष समेत रहेका मोहन डाँगीले गरेका छन् ।
तेह्रथुम हाइड्रो पावर लिमिटेड अन्तर्गत ७.५ मेगावाटको अपर खोरुङ्गा खोला साना जलविद्युत् परियोजना सञ्चालन गरिरहेको छ ।
दानाखोला हाईड्रोपावरमा मुख्य लगानी सानिमा बैँकको रहेको छ । आयोजनाको लागत ९ अर्ब ९६ करोड छ ।
आयोजनाका लागि रु ७४ करोड स्थानीयमा सेयर जारी गरेर, रु १ अर्ब ७४ करोड सञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानीको सम्झौता भएको छ ।



प्रतिक्रिया दिनुहोस्