काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातको लागि अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै सुनचाँदी व्यवसाय गर्ने उद्योग र अन्य व्यवसायीको हकमा चाँदी आयातको लागि सटही सुविधा बढाएको हो ।
महिना (वि.सं. अनुसार) मा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उद्योगको लागि २० लाख अमेरिकी डलर र अन्य व्यवसायीको लागि ४ लाख अमेरिकी डलरको सीमासम्म हुनेगरी सटही सुविधा पाउने भएका छन् ।
यसअघि चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म र अन्य सुनचाँदी व्यवसायीले प्रति पटक एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउने गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्