काठमाडाैँ । नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिकाका विभिन्न स्थानबाट तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गत पुस १२ गते पुतलीबजार नगरपालिका वडा नं. १३ गैह्रीडाँडा क्षेत्रस्थित आँधिखोलाबाट ग.१ त. ६८६४ नम्बरको ट्याक्टर बालुवा लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो। सोही दिन ग.१ त. ४१४४ नम्बरको ट्याक्टर पनि बालुवा र गिट्टी मिश्रित सामग्री ओसार–पसार गरिरहेको अवस्थामा नियन्त्रणमा परेको प्रहरीले जनाएको छ।
यसैगरी गत १३ गते पुतलीबजार नगरपालिका वडा नं. १४ लामागे क्षेत्रबाट ग.१ त. १७७४ नम्बरको ट्याक्टर बालुवा तथा गिट्टी मिश्रित नदिजन्य पदार्थ लोड गरी अवैध रूपमा ओसार–पसार गरिरहेको अवस्थामा फेला पारिएको थियो।
नियन्त्रणमा लिइएका सबै ट्याक्टरहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालय, स्याङ्जामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्