शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मर्जरमा जाने


काठमाडौँ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड मर्जरमा जाने भएको छ । बैंकको मंसिर २६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाको विशेष प्रस्तावबाट मर्जरमा जाने निर्णय गरेको हो ।

बैंकको साधारण सभाबाट पारित प्रस्तावमा मर्जर तथा एक्विजिसनका लागि सम्पत्ति तथा दायित्वको मूल्याङ्कन ड्यू डिलिजेन्स अडिट (डीडीए) गर्न परामर्शदाता, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसंग सम्बन्धित अन्य आवश्यक कार्यको लागि सञ्चालक समितिलाई अख्तियार दिने उल्लेख गरिएको छ ।

बैंकले अब मर्जरको लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजी गर्ने छ भने यसरी खोजिएको संस्थासँग सहमति पत्रमा हस्ताक्षर भएपछि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिनेछ ।