काठमाडौँ । सरकारले जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, अनुदान जेन–जी शहीद परिवारको कल्याणकारी कार्यक्रम सञ्चालनका लागि उपलब्ध गराइनेछ।
बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धि कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ।
मन्त्रीपरिषद्को बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र र नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
साथै, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश २०८२ र वन तेस्रो संशोधन नियमावली २०८२ पनि स्वीकृत गरिएको छ।
नेपाल लेखा परीक्षण सेवा समुहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गरिएको पनि बैठकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्