सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ पार गर्‍याे,चाँदी पनि उच्च


काठमाडौँ । नेपाली बजारमा सुनको भाउले तोलाको ३ लाख रुपैयाँ पार गरेको छ ।

आज ९ हजार २ सय रुपैयाँले बढ्दै सुनको मूल्य पहिलोपटक तोलाको ३ लाख रुपैयाँ पार गरेको हो ।

आज भएको मुल्य बृद्धिसँगै सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यसअघि गत माघ ७ गते सुनको भाउ हालसम्मकै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ समेत बढेको छ ।

चाँदी आज ३२० रुपैयाँले बढ्दै प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।