एकैदिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढ्यो


काठमाडाैँ । एकैदिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले  बुधवार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलवार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलवार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।