काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा नेपाल बैंक लिमिटेडले एक अर्ब ३० करोड ४८ लाख रूपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ४६ करोड १० लाख रूपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३९४।६४ प्रतिशतको ठूलो अन्तरले बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी भने ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँ कायम भएको छ।
खुद फि तथा कमिसन आम्दानी १७.१६ प्रतिशतले घटेर ४४ करोड ८४ लाख ३५ हजार रूपैयाँमा सीमित भएको छ।
बैंकको प्रतिशेयर आम्दानी १७.७६ रूपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २६२.४३ रूपैयाँरहेको छ।
बैंकको खराब कर्जा ५.३४ प्रतिशत पुगेको छ ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रूपैयाँ रहेको छ । बैंकको निक्षेप ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख रूपैयाँ छ भने २ खर्ब ३० अर्ब ३० करोड ३ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्