नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले कति कमायो ?


काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ अर्ब ८८ करोड ५२ लाख रूपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा बढेको हो ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड ६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको बैंकले यो अवधिमा ७ अर्ब ६७ करोड ४८ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९४ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी घटे पनि सञ्चालन मुनाफामा भने २.१२ प्रतिशतको सामान्य वृद्धि देखिएको छ। पुस मसान्तसम्म बैंकले ४ अर्ब ३० करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको तुलनामा घटेर १ अर्ब ५४ करोड १० लाख रुपैयाँ छ भने बैंकको खुद फि तथा कमिसन आम्दानी एक अर्ब १८ करोड ७ लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी १६.९१ रूपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६.६६ रूपैयाँ रहेको छ।

बैंकको खराब कर्जा ४.९९ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म ४ खर्ब ५ अर्ब ३२ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ९७ अर्ब ८९ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ।