नबिल बैंकले ४ अर्ब ७५ करोड नाफा कमायो


काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२ ८३ को दोस्रो त्रैमाससम्म ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०८१ ८२ मा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकले ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २.४२ प्रतिशतले बढी हो ।

बैंकको खुद फि तथा कमिसन आम्दानी ६.६१ प्रतिशतले बढेको छ । यो अवधिमा एक अर्ब ६१ करोड १३ लाख २७ हजार रूपैयाँ खुद फि कमिसन आम्दानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३५.०४ रूपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५.६४ रूपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ अर्ब ७० करोड १० लाख ८८ हजार रूपैयाँ सञ्चित छ।

बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख १४ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख ४५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ।