काठमाडाैँ । बैतडीको पुचौंडी नगरपालिका वडा नम्बर ७ बडगाउँमा जन्ती सवार गाडी दुर्घटना हुँदा भएको घटनाप्रति दुःख व्यक्त गर्दै पुचौंडी नगरपालिकाले एक दिन शोक बिदा दिएको छ।
सूचना अनुसार शुक्रबार पुचौंडी नगरपालिका कार्यालय तथा अत्यावश्यक सेवाबाहेक सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगर कार्यपालिकाको निर्णयअनुसार सोही दिन अत्यावश्यक सेवाहरू बाहेक अन्य सबै सेवा बन्द रहने जनाइएको छ।
बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो ।
पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस्