बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख ४ हजार ६०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २४० रूपैयाँले बढेर ५ हजार २५० रूपैयाँ कायम भएको छ ।