काठमाडाैँ । स्याङ्जामा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन् तथा ओसार–पसार गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा परेका छ ।
प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको टोलीले आइतबार दिउँसो करिब २ बजे पुतलीबजार नगरपालिकाको वडा नम्बर १, घुम्ति (तातोखोला) क्षेत्रबाट ट्याक्टर नं. ग.१ त. ४४७७ लाई नदिजन्य पदार्थ वालुवा ओसार–पसार गर्दै गर्दा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीले ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि पुतलीबजार नगरपालिकामा पठाएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्