काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ५ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ६ हजार ६०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ५ हजार २९० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्