पशुपतिनाथ परिसरमा शुक्रबारदेखि नै भक्तजनहरुको घुँइचो बढेको छ । शनिबार बेलुकाख पशुपतिनाथ वरपर ट्राफिक व्यवस्थासमेत व्यवस्थापनमा हम्मेहम्मेको स्थिति छ । तिलगंगा आखा अस्पताल क्षेत्रमा भारतबाट आएका भक्तजनहरुलाई मारवाडी सेवा समिति लगायतले खान र बस्ने व्यवस्था गरेका छन् । आइतबार शिवरात्रिका लागि मन्दिर र वरपरको क्षेत्र सिंगार्ने काम धमाधम गरेर शनिबार रातिसम्म सकिएको छ भने विभिन्न देशबाट थरिथरिका बाबाजीहरु पनि पशुपतिनाथ पुगिसकेका छन् । भक्तजनहरुले यतिबेला पशुपतिनाथ परिसर खचाखच भरिएको छ ।


























तस्बिरः पुष्पा पाल टक्सार


प्रतिक्रिया दिनुहोस्